काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् । निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि उनले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ । एमालेको एघारौं महाधिवेशनमा अध्यक्ष ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर चुनावीमा प्रतिस्पर्धामा उत्रिएका थिए ।
तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरे लगत्तै सम्बोधन गर्दै ओलीले असंवैधानिक ढंगले देशमा आगजनी र लुटपाट मच्चाएर गरिएको संसद् विघटन र सरकार गठन स्वीकार नहुने बताए । ओलीले अब प्रतिनिधि सभा पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन र अदालतमा कानूनी लडाई साथमै लिएर जाने बताएका छन् ।
उनले भदौ २४ को घटनापछि देशमा पुराना पार्टीहरू सकिए भन्नेलाई एमालेले जवाफ दिएको र अझ दिने बताए । ओलीले एमाले अजम्वरी पार्टी भएको भन्दै अब सबैलाई एकताबद्ध बनाएर अझ बलका साथ अघि बढ्ने दाबी गरे ।
