जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार ( पुस ४ ) विश्वासको मत लिने भएका छन्।
आज ( बुधबार ) उनले प्रदेश सभा सचिवालयलाई पत्र लेखेर विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन्। पत्रमा शुक्रबार अपराह्न ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन्।
