काठमाण्डौं । काठमाण्डौको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११ औ महाधिबेशनको चर्चा जति चुल्लीएको छ । त्यो भन्दा बढी चर्चा लोकगायिका ज्योती मगर एमाले महाधिबेशनस्थलमा प्रचारमा जुटेको बिषयले पाएको छ । महाधिवेशनमा उम्मेदवारको प्रचारका लागि पुगेकी गायिका ज्योति मगरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भलाकुसारी गरेकी छिन् ।
मंगलवारदेखि भृकुटीमण्डपमा प्रचार–प्रसारमा ब्यस्थ रहेकी गायिका मगरले बुधबार महाधिवेशनस्थल भृकुटीमण्डपमा एमालेका अध्यक्ष पदका उम्मेदवार तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेकी हुन् । पछिल्लो समय सुझबुझपूर्ण राजनीतिक स्टाटस लेखेर मगर चर्चामा छिन् ।
उनी मंगलबारदेखि भृकुटीमण्डपमा नेताहरूको प्रचारमा खटिएकी थिइन् । तर, उनले आफू एमालेको कार्यकर्ता नभएको स्पष्टोक्ती दिइन् । भृकुटीमण्डपमा भेटिएकी ज्योतीले संचारकर्मीसँग कुरा गर्दै आफू देश जलाउनेको विपक्ष र देश बनाउनेको पक्षमा रहेको बताएकी छन् ।
