नेपालमा भारतीय राजदूत नवीन श्रीवास्तव शनिबार काठमाडौँको बाहिरी क्षेत्रमा रहेको चम्पादेवी डाँडामा पदयात्रा गर्ने क्रममा अचानक अस्वस्थ भएका छन्।
उच्च स्रोतका अनुसार पदयात्राका क्रममा राजदूत अचानक अस्वस्थ भई बेहोस भएका थिए।तत्कालै उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइ अस्पताल भर्ना गरिएको थियो।
“पदयात्राका क्रममा राजदूत अचानक अस्वस्थ भएका हुन्, उनलाई काठमाडौँ ल्याएर अस्पताल भर्ना गरिएको छ,” एक प्रहरी स्रोतले बतायो।
उद्धार कार्यबारे जानकारी भएका एक अधिकारीका अनुसार यो उचाइसम्बन्धी जटिलताका कारण भएको हो र उनी अहिले होसमा आएका छन्।
