पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ जना व्यक्तिसहित एक कम्पनीविरुद्ध मुद्दा दायर गर्न लागेको छ। आयोगले आइतबार विशेष अदालतमा मुद्दा पेश गर्ने तयारी गरेको हो।
अख्तियारका अनुसार विमानस्थल निर्माणका क्रममा करिब ८ अर्ब ३६ करोड रुपैयाँको भ्रष्टाचार भएको छ। सोही आरोपमा पूर्वमन्त्री रामशरण महत, पोष्टबहादुर बोगटीलगायत पाँच पूर्वमन्त्रीमाथि मुद्दा चलाउने तयारी गरिएको छ। अख्तियारले आवश्यक प्रमाण संकलन गरी भ्रष्टाचारमा संलग्न ठहरिएका व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।
