नयाँ दिल्ली — रूसका राष्ट्रपति व्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको उच्चस्तरीय शिखर भेटमा दुवै देशले व्यापार, उर्जा र रक्षा क्षेत्रमा दीर्घकालीन सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकपछि जारी संयुक्त वक्तव्यमा भारत–रुस व्यापारलाई २०३० सम्म १०० अर्ब डलरमा पुर्याउने लक्ष्य राखिएको उल्लेख छ।
अन्तर्राष्ट्रिय चापका बीच पनि दुवै नेताले पुराना रणनीतिक सम्बन्धलाई अझ मजबुत बनाउने संकेत दिएका छन्।
