काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक बोलाएका छन्। सहमहामन्त्री महालक्ष्मी उपाध्यायका अनुसार पदाधिकारी बैठक मध्यान्ह बस्नेछ।
पार्टी केन्द्रीय कार्यालयमा हुने यस बैठकमा केन्द्रीय समितिमा लैजान लागिएको महाधिवेशन कार्यतालिकाबारे छलफल हुने नेताहरूले बताएका छन्। कार्यवाहक सभापति खड्काले पुसको अन्तिम सातामा १५औँ महाधिवेशन आयोजना गर्ने गरी कार्यतालिका आजको बैठकमा प्रस्तुत गर्ने तयारी छ।पदाधिकारी बैठकपछि दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ।
