काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी छन् । आज ९सोमबार० हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै सजाय सुनाइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
गत वर्ष बंगलादेशमा भएको विद्यार्थीको विद्रोहमा हसिनाले घातक दमनकारी कारबाही गर्न आदेश दिएको आरोप लागेको थियो । सो मुद्दामा अदालतमा महिनौंसम्म बहस चलेर सोमबार फैसला आएको हो ।
न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण ( आईसीटी ) इजलासले तत्कालीन प्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको हो । उनीविरुद्ध सजाय निर्धारण हुन बाँकी छ ।
