जनकपुरधाम । नेपाली कांग्रेससहित सात दलले मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध महाअभियोग दर्ता गराएका छन्। आज मधेश प्रदेशसभा सचिवालयमा सभामुख मण्डलविरुद्ध सात राजनीतिक दलले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्।
नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा ९माओवादी केन्द्र०, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी नेपाल र नागरिक उन्मुक्ति पार्टीले ६४ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता गराएको छ।
प्रदेशसभामा १०७ सदस्य रहेको छ। अहिले तीन जना सांसद निलम्वनमा छन्। आजै सभामुखले ५ सांसदलाई पदमुक्त घोषणा गरेका छन्।
