काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका नेता डा। भीमबहादुर रावलले केपी ओलीकै कारण तत्कालिन नेकपा फुटेको दाबी गरेका छन् । आज ९बुधबार० प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘हिजो हामीले कम्युनिस्ट पार्टी त बनाएकै थियौ। केपी ओली दुई तिहाइको बहुमतको प्रधानमन्त्री र त्यो पार्टीको अध्यक्ष हुनुहुन्थ्यो, मलाई पनि लागेको थियो, अब देश समृद्धितिर जानेछ। हेर्नुस् त दुई तिहाइ बहुमत भएको प्रधानमन्त्रीले त प्रतिनिधिसभा विघटन पो गरेछन्। सर्वोच्चले संविधानविरीत भन्यो, मैले सुनेको त्यतिबेला प्रधान्यायाधीश उहाँकै निकट नै हुनुहुन्थ्यो रे।’
ओलीको बारेमा आलोचना गरेका रावलले नेकपालाई ओलीले नै धाराशयी बनाएको दाबी गरे । उनले एमालेमा भएकालाई पनि यही पार्टीमा आवद्ध हुन अपिल गरेका छन् ।
