काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् । ( सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षकमा नियुक्त गरेको हो ।
नवनियुक्त प्रहरी महानिरीक्षक कार्की काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको पुष्टि गरे ।
३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुबेर खापुङ आगामी कात्तिक २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन् । उनी अवकाश जानुअघि नै आईजीपी नियुक्ति गरिएको हो
