काठमाडौं । नेकपा ९एमाले० का अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब उप्रान्त कसैको घर, उद्योग नजल्ने र डिपार्टमेन्टल स्टोरहरुमा लुट्न नदिइने बताएका छन् । काठमाडौंमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब एमालेले देश र जनताको सुरक्षाको प्रबन्ध गर्ने बताएका हुन् । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन लक्षित गर्दै उनले अब जनता आफैंले आफ्नो सुरक्षा गर्नुपर्ने अवस्था आएको र त्यसको नेतृत्व एमालेले गर्ने बताए ।
‘अब कोही पनि देशमा नडराउनुस्, नेकपा ९एमाले० छ । आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण क्षेत्रमा परिचालन गर्छ । देशमा अबउप्रान्त कसैका घर जलाउन दिइने छैन । कसैका उद्योग जलाउन दिइने छैन । कसैका पसलहरु, डिपार्मेन्टल स्टोरहरु लुट्न दिइने छैन । एमालेले अब त्यसको प्रबन्ध गर्नेछ । कसैलाई असुरक्षित हुन दिइने छैन । एमालेले सुरक्षा गर्छ । किनभने हामीले देख्यौं, यस्तो परिस्थिति देशमा बन्यो, जनताको सुरक्षा आफैंले नगर्ने हो भने सुरक्षा गर्ने गाह्रो पर्ने भएछ,’– उनले भने ।
सुरक्षाकर्मीहरुलाई पनि सुरक्षा दिन असहज परिस्थिति निर्माण गरिएको उनले बताए । अब जनताको सुरक्षा जनताले नै गर्नुपर्ने र त्यसको अगुवाइ एमालेले गर्ने अध्यक्ष ओलीले बताए । जेन–जी आन्दोलनको नाममा विध्वंश मच्चाउनेहरुलाई प्रहरीले सप्रमाण गिरफ्तार गर्दा अहिलेको असंवैधानिक सरकारले छोड्ने आदेश दिएको उनले टिप्पणी गरे । ‘गैरकानूनी सरकारले, असंवैधानिक सरकारले दिएको गैरकानूनी आदेश । यतिबेर सुन्नुपरेको छ । कहाँ छ ल एण्ड अर्डर रु’ प्रश्न गर्दै उनले भने ।
अध्यक्ष ओलीले युवाहरुलाई मनबाट डर फ्याँकिदिन आग्रह गरे । कातर भयो देशको अस्मिता पनि जाने बताउँदै उनले न्याय र आफ्नो अस्मिताको निम्ति लड्न तयार हुन आग्रह गरे । ठूलो भए पनि हात्ति र ऊटको काँधमा मान्छे चढ्ने र सानो भए पनि चितुवाको काँधमा कोही पनि नचढ्ने बताउँदै उनले अन्याय नसहन र विद्रोह गर्न आग्रह गरे । ‘म स्वतन्त्र प्राणी हुँ, तिमीलाई काँधमा हालेर हिँड्नुपर्ने कुनै आवश्यकता छैन’ भनेर विद्रोह गर्न उनले आग्रह गरे ।
