काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जेनजीका मागहरू अबको ६ वर्षपछि मात्रै पूरा हुने बताएका छन्। सभामुख देवराज घिमिरेसँगको कुराकानीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । संसद विघटन नभएको भए अहिलेकै संसदबाट संविधान संशोधन गरेर मागहरू पूरा गर्न सकिने भएपनि त्यो अवस्था नरहेको बताए।
अब निर्वाचित हुने सांसदहरूले पनि आफ्नो कार्यकालको अन्तिमतिर मात्रै संविधान संशोधन गर्ने र जेनजीका मागहरू अबको ६ वर्षपछि मात्रै पूरा हुने अवस्था आउने बताए। अहिलेका प्रधानमन्त्री संविधानसम्मत बन्नुभएको प्रधानमन्त्री नरहेको बताए। वर्तमान सरकारका मन्त्रीहरू फागुन २१ मा निर्वाचन गरानेतर्फ भन्दा राजनीतकि दलहरूसँग मुठभेड गराउनेतर्फ उद्यत रहेको आरोप लगाए। अन्तरिम सरकारका मन्त्रीहरूले निर्वाचन नगराउने किसिमका मन्तव्यहरू दिँदै हिँडिरहेको बताए।
उनले निर्वाचनको बारेमा राजनीतिक दलहरूलाई बोलाएर सिंहदरबार छलफल गर्नुपर्नेमा शितल निवासमा बोलाउनु नै गलत भएको बताए। ८ हजार कैदीबन्दी फरार रहेको, १ हजार २ सय बढी हातहतियार लुटिएको, ९८ हजार गोली हराएको अवस्थामा आगामी निर्वाचन निष्पक्ष हुन नसक्ने जिकिर गरे।
