जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का उपाध्यक्ष तथा लोसपा मधेस संसदीय दलका नेता जितेन्द्र सोनलले दाबी पेश गरेका छन् । मधेशमा नयाँ सरकार गठनका लागि कांग्रेस–एमाले इतर ५ दलको गठबन्धन बनेको थियो ।
सोनलले जनता समाजवादी पार्टी ( जसपा) नेपाल, जनमत पार्टी, नेकपा ( माओवादी केन्द्र) , लोसपा नेपाल र नेकपा ( एकीकृत समाजवादी ) का ५६ सांसद्का समर्थनमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी पेश गरेका हुन् ।
मधेशमा जसपा नेपालको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८ र एकीकृत समाजवादीको ७ सांसद छन् । कूल १०७ सदस्यीय मधेश प्रदेश सभामा नयाँ सरकार गठनको लागि ५४ सांसद्को समर्थन आवश्यक पर्छ ।