काठमाण्डौं । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालले अहिलेको सरकार बन्दा संविधान मिचिएको कुरामा आफ्नो असहमती भएपनि निर्वाचन गर्ने कुरामा सहमती रहेको बताएका छन्। शुक्रबार सम्पादकहरूलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्तो बताएका हुन्।
‘अहिलेको परिस्थितिमा केही संविधान टेक आउट त भएको छ। त्यसमा हाम्रो असहमति पनि छ,’ दाहालले भने, ‘तर ६ महिनापछि निर्वाचन गर्ने घोषणा भइसकेको स्थितिमा अब हामी निर्वाचन तिरै लाग्नुपर्ने हुन्छ।’ नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधानले अहिलेकै रुपमा काम नगर्ने भन्दै संशोधनसहितको परिमार्जन गर्ने प्रस्ताव गरेका छन् । यो संविधानले अहिलेकै रुपमा काम गर्दैन, संशोधनरपरिमार्जन गरौं,’ प्रचण्डले भनेका छन्, ‘जसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’
साथै, उनले राष्ट्रिय स्वाधीनताको विषयमा यसभन्दा अघि कहिल्यै यति ठूलो हस्तक्षेप नरहेको पनि बताए । राष्ट्रिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप, स्वाधीनताको विषय पहिले थिएन,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती पहिले कमै थियो ।’ उनले राजनीतिक संकट पनि कायमै रहेको बताए । जेनजी युवा आन्दोलनले संविधानको विषयलाई नितान्त नयाँ कोणबाट सोच्नुपर्ने ठाउँमा ल्याइदिएको पनि प्रचण्डले बताए ।
घोषित मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहीत निर्वाचन होस् भनेर माओवादी केन्द्रले निर्वाचनमै जाने निर्णय गरेको उनले दाबी गरे। ‘हाम्रा केही रिजर्भेसन छन्, तर अहिलेको अवस्थामा निर्वाचन वातावरण बनाउने नै हो,’ दाहालले भने। निर्वाचन हुनै सकेन भने अर्को कुरा सोच्न सकिनेतर्फ पनि उनले इंगित गरे। उनले भने, ‘निर्वाचन हुनै सकेन भने हामी सबै लाग्दा पनि भने त्यो विकल्पको कुरा होला। तर अहिले निर्वाचन सफल पार्ने र प्रतिनिधिसभा ल्याउनेतिर जोड ग¥यौं।’