काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक जारी छ ।
सभापति शेरबहादुर देउवा भने अनुपस्थित छन् । आजको बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो । बैठकमा केन्द्रीय समितिको एजेन्डाबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । जेन(जी आन्दोलनका क्रममा जलाइएको ललितपुरको सानेपास्थित पार्टी मुख्यालय मर्मतपछि बैठक बसेको हो ।
सोही आन्दोलनका क्रममा घाइते भएका सभापति शेरबहादुर देउवा भने बैठकमा उपस्थित छैनन् । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको बैठकमा समसामयिक घटनाक्रम, जेन(जी आन्दोलन र सोपछिको परिस्थिति, फागुन २१ गतेको निर्वाचन लगायत विषयमा छलफल गर्ने एजेन्डा छ ।
बैठकमा सहभागी एक नेताका अनुसार, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सञ्चालन गरिरहेको देशव्यापी हस्ताक्षर अभियानबारे पनि बैठकमा विशेष कुराकानी हुनेछ । कांग्रेसमा नेतृत्व परिवर्तन, केन्द्रीय समितिका एजेन्डा, महाधिवेशन, निर्वाचन लगायतबारे बहस भइरहेको छ ।
