काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक परिवारले जाहेरी दर्ता गराएका हुन् । प्रहरीले मृतक परिवारको जाहेरी बुझेर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई पठाएको छ ।
परिसरका प्रवक्ता तथा एसपी पवन भट्टराईका अनुसार आज मृतकका परिवारहरु ईश्वर अधिकारी, पुरूषोत्तम खतिवडा, अमेरिकाकुमारी चौधरी र गणेश चौलागाईंले ओली–लेखकविरुद्ध जाहेरी बुझाएका हुन् ।
जेन–जी आन्दोलनको अनुसन्धान आयोगको कार्यक्षेत्रभित्र पर्ने र नियमित संयन्त्रबाट कारबाही नहुने भन्ने गृहमन्त्रालयको निर्णयबमोजिम आफूहरुले जाहेरी बुझेर आयोगमा नै पठाएको उनले बताए । ओली र लेखकले मानवताविरूद्धको कसुर र राज्यविरूद्धको कसुर गरेको दाबीसहित जाहेरी परेको छ ।
