काठमाडौँ । अविरल वर्षापछिको बाढी तथा पहिरोमा परेर इलाममा सबैभन्दा बढी २८ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले दिएको जानकारी अनुसार इलाम जिल्लाका विभिन्न स्थानीय तह र स्थानमा गरेर २८ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।
सूर्योदय नगरपालिका १ मा ५, इलाम नगरपालिका–६ मा ६, देउमाइ नगरपालिकामा २, खापखुकपुङ गाउँपालिकामा १, मान्सेबुङ गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ ।
यस्तै माइजोकमाई गाउँपालिकामा ८ र सन्दकपुर गाउँपालिकामा ३ जनाको मृत्यु भएको थापाले बताए ।