काठमाण्डौं । अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण हालसम्म ३९ जनाको मृत्यु भएको छ । जसमध्ये ईलाम जिल्लाका बिभिन्न पालिकामा गरी ईलामभर २८ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता रहेका छन् । त्यसै गरी बाढीपहिरोका कारण उदयपुरमा २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
यता खोटाङ्ग जिल्लामा बाढी पहिरोसँगै चट्याङ्ग पर्दा एक जनाको मृत्यु र ३ जना घाईते भएका छन् । त्यसरी नै भोजपुरमा पनि २ जना चट्याङ्गवाट घाईते भएका छन् । पाँचथरमा गाडी दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् ।
त्यसै गरी रौतहटमा पनि चट्याङ्गवाट २ जना र बाढीमा परी १ जनाको मृत्यु भएको छ । बारामा नदीले बगाएर एक जना बेपत्ता रहेका छन् भने रसुवामा पनि ४ जना नदीले बगाएर बेपत्ता भएका छन् भने काठमाण्डौमा पनि एक जना बेपत्ता रहेका छन् । त्यसै गरी चट्याङ्गवाट मकवानपुरमा १ जना घाईते भएका छन् ।