काठमाडौं। काठमाडौं उपत्यका भित्रने र बाहिरिने सवारीसाधनलाई तीन दिन रोक लगाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विज्ञप्ति जारी गर्दै बढ्दो वर्षा र त्यसले निम्त्याउने बाढी, पहिरोको प्रकोपलाई ध्यानमा राखेर काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको जानकारी दिएको हो।
‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने संभावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिनेरबाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ,’ प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डमा विभिन्न ठाउँमा पहिरो खसेको छ।दनागढुंगा चेकपोस्टबाट ट्राफिक प्रहरीले माइकिङ गर्दै गाडीहरूलाई काठमाडौँतर्फ नै फर्काइरहेका छन्। त्यस्तै, उपत्यका भित्रिने सवारीलाई चितवनमै रोकिएको छ । वर्षाले जोखिम बढापछि बिपी राजमार्गमा पनि अहिले १० बजेपछि आवागमन बन्द हुँदैछ ।
अहिलेको अवस्थामा सडक खुलाउन तत्काल सम्भव नभएकोले चालकहरूलाई अनावश्यक जोखिम नमोल्न र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
