काठमाण्डौ । हामी नेपालका संयोजक सुदन गुरुङ र जेनजी आन्दोलनका अगुवा मिरज ढुंगाना मिलेर जाने भएका छन् । देशलाई जेनजीहरुको भावनाअनुसार अघि बढाउनको लागि दुई अगुवा सहमत भएका हुन् । दुई जनाबीच हिजो ( बिहीबार ) राति अबेरसम्म छलफल भएको थियो ।
जेन(जी आन्दोलनपछिको अवस्था, अन्तरिम सरकार गठनपछिको परिस्थिति र आगामी बाटोबारे उनीहरुबीच गम्भीर छलफल भएको थियो । सुदनले नै जेनजीहरुलाई एक ठाउँमा ल्याउन पहल गरिरहेका छन् । भिन्न(भिन्न समूहमा रहेका जेन(जीहरुलाई एकताबद्ध गर्नु आवजको आवश्यकता भन्दै उनै सुदनले बहृत एकताको लागि पहल गरेका छन् ।
सुदन जेनजी आन्दोलनका सहजकर्ताका रुपमा प्रस्तुत भएका छन् । उनी आन्दोलनमा मृत्युवरण गरेका परिवारजन, घाइते र उनीहरुका परिवारका सदस्यसँग निरन्तर सम्पर्कमा छन् ।