काठमाडौँ । यस वर्षको विजयादशमीमा प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको आफन्त र परिवारलाई भेटेकी छन् । आज प्रधानमन्त्री कार्कीले आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेटेकी हुन् ।
प्रधानमन्त्री कार्कीले सुरुमा बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी छन् । कार्कीले श्रेष्ठको परीवारलाई भेटेर सरकारले गर्ने सहयोगका बारेमा आफन्त र परिवारलाई जानकारी गराएकी थिईन् ।
त्यस्तै नागर्जुन– ३ की मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई पनि भेट्ने सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि देखिएका थिए ।
प्रधानमन्त्री कार्कीले यसअघि नै जेनजी आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा दसैँमा टीका नलगाने बताइसकेकी छन् । सोही अनुसार दशैको टिका नलगाई प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका मृतकका आफन्तहरुलाई भेट्न पुगेकी हुन् ।