काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीका युनिटहरूबाट लुटपाट भएको करिब ३५ सय राउन्ड गोली भेटिएको छ । काठमाडौँ उपत्यका र प्रदेशका युनिटहरूबाट प्रदर्शनकारीले लुटेर लगेको करिब ३५ सय राउन्ड गोली फेला परेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताएका छन्।
प्रहरी हेडक्वार्टरले अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दिपक रेग्मीको नेतृत्वमा समिति बनाएर प्रदर्शनमा भएको क्षतिको विवरण सङ्कलन गरेको थियो । समितिले विवरण सङ्कलन गरेर आईजीपी चन्द्र कुवेर खापुङलाई प्रतिवेदन बुझाएको छ ।
काठमाडौँ उपत्यकाबाट करिब ६ सय राउन्ड गोली लुटपाट भएको प्रहरीको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । प्रदर्शन स्थलमा हराएको र युनिटहरूबाट लुटिएको करिब २ सय अश्रुग्याँस सेल पनि प्रहरीले बरामद गरेको छ ।
