भक्तपुर । नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफूहरू विदेश नभाग्ने बताएका छन्। शनिबार भक्तपुरको गुण्डुमा युवा संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले नेताहरुको पासपोर्ट रोक्का गर्न लागेको भन्ने विषयमा टिप्पणी गर्दै देश छाडेर नभाग्ने बताएका हुन्
पासपोर्ट रोक्का गर्ने ? के ठानेको छ ? ओलीले भने, यहाँ उहाँहरूलाई, यो हा हुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौरु के सोचेको ? उनले देशलाई फेरि संवैधानिक लोकतान्त्रि मूलधारमा ल्याउने दाबी गरे। हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी यो देशलाई संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौं। देशलाई फेरि पनि सुशासन र शान्ति सुव्यवस्थामा ल्याउँछौं, उनले भने। ओलीले सामाजिक सञ्जालमा नेताहरूको घरको तस्बिर राखेर फेरि हमलाको आह्वान हुँदै गर्दा सरकार धाक लगाएर बसेको बताए।
अहिले सामाजिक सञ्जालमा केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर यति मिनेटमा पैदल पुगिन्छ। यति मिनेटमा गाडीमा पुगिन्छ। सबै हमला गर्न जाऔं। घर तोकिएको छ। देखाइएको छ। सरकार के हेरेर बसेको छ। के गर्दै छरु सरकारले त्यतिबेला सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु। यिनिहरूमाथि मुद्दा चलाउछु। धाक लगाएर बसेको छ, उनले भने। उनले सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारको कर्तव्य रहेको पनि बताए।
सुविधा चाहिएन सुरक्षा दिन पर्छ कि पर्दैन ? असुरक्षामा देश हाल्ने, असुरक्षाका माध्यमबाट सरकारमा पुग्ने, आतंक फिजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा दिन्न भन्ने यो कुन तरिका होरु,उनले भने। अध्यक्ष ओलीले समय सँधै एकनासको नहुने बताउँदै नेता कार्यकर्ताहरूलाई आतंकित नहुन आग्रह गरे।
मौसम पनि सधै एकनासका हुँदैनन्। फेरि बसन्त आउँछ। झरी बादलको समय आयो भने फेरि शरद ऋतु आउँछ।हामीसँग कर्तव्य छ। हामी राजनीतिक दलहरू लडेर वलिदान दिएर देशलाई यहाँसम्म पुर्याएका छौं। दुई दिन गडबढीमा हामी विश्वास गर्दैनौं। देश बनाउने अथक प्रयास गर्नुपर्छ भन्ने हामीलाई थाहा छ, उनले भने, बाधा व्यवधान आउँछ। आतंकित नहुनुस्, हरेस नखानुस्, कहिलेकाहीँ इतिहासमा यस्ता आतंकपूर्ण परिस्थिति आइलाग्छ। तर यसबाट देशलाई मुक्त गर्नुपर्छ र नेपाल एउटा शान्तिपूर्ण देशको रूपमा स्थापना गर्नुपर्छ।
