धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् । जेनजीको मर्म अनुसार प्रधानमन्त्री कार्कीले काम गर्न नसकेको बताउँदै मेयर साम्पाङले राजीनामा मागेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ सुशीला जी‘तपाईंले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन १ राजिनामा दिनुस् १ म गर्छु उनीहरुको माग पूरा एक(एक गरेर ।
कार्की प्रधानमन्त्री नियुक्त भएको केही दिन मात्रै भएको छ । उनको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेकको छैन । दुई पटक मन्त्रिपरिषद विस्तार हुँदा ८ सदस्यीय पुगेको छ । कार्कीसँगै ९ मन्त्रालय रहेका छन् । अन्य मन्त्रीहरु पनि २ भन्दा बढी मन्त्रालयको जिम्मेवारीमा छन् ।
त्यस्तै, ऊर्जा मन्त्रीले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन निर्देशक हितेन्द्र शाक्यलाई हटाएको कुराको पनि उनले विरोध गरेका छन्। उनले लेखेका छन्, ‘हितेन्द्रलाई निकाल्नुभन्दा पनि देश र जनताको लागि कजाउनुपर्ने थियो। यस्तो प्रतिशोधको भावनाले निको गर्दैन। हामी बदला होइन बदलावको पक्षमा उभिनुपर्छ। गलत चाल कुलमान जी।’ नयाँ पुस्ताका युवाहरुको आन्दोलनपछि बनेको सरकारमा प्रधानमन्त्रीसहित केही मन्त्रीहरू ७० वर्षका आसपासका नियुक्त भएपछि आलोचना हुन थालेको छ ।
