काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक सधैं संकटमा रहन नसक्ने बताउँदै निकासका लागि राजनीतिक दलका नेताहरू नै अग्रसर हुनुपर्ने बताएकी छन्। शक्तिका स्रोत जनता भएको उल्लेख गर्दै भण्डारीले यस्तो बताएकी हुन्।
काठमाडौंमा पत्रकार र प्राध्यापकहरुसँगको अन्तरक्रियामा उनले मुलुकमा उत्पन्न समस्या समाधानका लागि राजनीतिक दलहरु नयाँ पुस्तासँग सहकार्य गरी अघि बढ्नुपर्ने धारणा राखिन्। उनले संकट समाधानमा नागरिक समाज पनि लाग्नुपर्नेमा जोड दिइन्।
राजनीतिक दलहरूले जनता माझ गएर मुलुकलाई निकास दिनका लागि सुझाव लिन ढिलाइ गर्न नहुने भण्डारीको भनाइ थियो। ‘सधैं यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन। हामीले समाधान निकाल्नुपर्छ। हाम्रो शक्तिका स्रोत भनेको जनता हुन्। राजनीतिक दलहरूले आफ्नो दर्शन, सिद्धान्त, नीति, विचार अनुसार कार्यक्रम गरेका छन् कि छैनन्रु त्यसमा के सुझाव दिन्छन् जनताले। त्यसका लागि जनताको बिचमा जानुपर्छ,’ उनले भनिन।
