काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। आईतवार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाएको हो।
समितिमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्। समितिलाई ३ महिनाको समय दिइएको गृहमन्त्री ओमप्रकाश शर्माले जानकारी दिए।
जेनजी आन्दोलनका क्रममा सरकारका तर्फबाट अत्यधिक बल प्रयोग गरी भीषण हत्या भएको थियो। उक्त दमनको विरोधमा भोलिपल्ट देशभर तोडफोड र आगजनी भएको थियो।
