काठमाडौं, असोज । आज (बिहीबार) दिउँसो प्रधानमन्त्रीको कार्यालय पुगेर चिनियाँ राजदूत सोङले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि चिनियाँ राजदूतले पहिलो पटक भेटवार्ता गरेका हुन् ।
भेटमा राजदूत सोङले नेपाललाई चीनले सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘नेपाली जनताको चाहानालाई हामी सम्मान गर्छौं । आगामी दिनमा पनि सहयोग गर्छौं। सरकारलाई के आवश्यक पर्छ असल छिमेकीको नाताले हामी सहयोग गर्न तत्पर छौँ,’– भेटका क्रममा राजदूत सोङले भनेका थिए ।