काठमाडौं, ३० भदौ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कुनैपनि सरकारी सेवा तथा सुविधा नलिने घोषणा गरेका छन् । प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा रहेको सरकारमा महत्वपूर्ण मन्त्रालय सम्हाल्न लागेका खनालले तलब, मन्त्री क्वार्टर, गाडीलगायतका कुनैपनि सुविधा नलिने भएका हुन् ।
नवनियुक्त मन्त्रीहरुको अहिले शितलनिवासमा शपथग्रहण समारोह राखिएको छ । प्रधानमन्त्री कार्कीले आफ्नो टिममा कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई पनि ल्याएकी छिन् । घिसिङलाई उर्जा मन्त्रालयसहित सहरी विकास र भौति पूर्वाधार मन्त्रालयको पनि जिम्मा दिईएको छ ।