काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् ।
यसअघि स्वास्थ्यमन्त्री, खानेपानीमन्त्री, कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् । कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।