विराटनगर । इटहरीको आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । सुनसरीका सीडीओ धर्मेन्द्रकुमार मिश्रले अर्को सूचना जारी नभए सम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुने गरी कर्फ्यू लगाएका हुन् ।
जेनजीका युवाहरूले उपमहानगर कार्यालयमा आगो लगाएर प्रदर्शनसुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएको आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएको हो । इटहरी उपमहानगरपालिका अगाडि प्रदर्शनकारीलाई लक्षित गरी हवाइ फायर गरेको हो । प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले लाठीचार्ज पनि गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इटहरी चोकको प्रदर्शन अनियन्त्रित बनेपछि हवाइफायर र लाठी चार्ज भएको हो । उनका अनुसार अवस्था नियन्त्रणका लागि स्थानीय प्रशासनले इटहरी क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
‘