काठमाडौँ । भ्रष्टाचार र बेथितिका साथसाथै सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेनजीको प्रदर्शनमा भएको झडपमा हालसम्म १४ जनाको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको थियो भने सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । बानेश्वर क्षेत्र थप तनावग्रस्त बनेको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।
ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।घाइते हरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन । जेनजी आन्दोलनका क्रममा देशभरका अन्य शहरहरुमा पनि प्रहरीसँगको झडपमा सयौ जना घाईते भएका छन् ।