काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो ।
भदौ २० गते अध्यक्ष ओलीले उद्घाटन गरेको महाधिवेशनमा तीन मुख्य प्रस्तावसहित केन्द्रीय निकायका चारवटा प्रतिवेदनहरू पनि सर्वसम्मत पारित भएका छन् । यी प्रतिवेदनहरूमाथि छलफल गर्न १० वटा समूह बनाइएको थियो । समूहगत छलफलपछि सबै टोली नेताले आ(आफ्नो समूहबाट सुझाव प्रस्तुत गरेका थिए ।
समूहका सुझाव र जिज्ञासामाथि जवाफ दिँदै अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद ९जबज० देशलाई अगाडि बढाउने मार्गदर्शक सिद्धान्त भएको स्पष्ट पारे । उनले जबजलाई सिद्धान्तका रूपमा अगाडि बढाउँदै समाजवादको आधार तयार गर्ने दिशामा पार्टी रहेको बताए । ओलीले पार्टीको नीति र विचारलाई जनतामा पुर्याएर पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सकिनेमा जोड दिए ।
क्जष्खबm ऋझभलत
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावबारे स्पष्ट पार्दै जबजबाट एमाले ुडिरेलु भयो भन्ने भ्रम फैलाइएको भन्दै त्यसको खण्डन गरे । उनले नेपाली मौलिकतामा आधारित समाजवादको बाटोमा एमाले अगाडि बढ्ने उल्लेख गरे । २०८४ सालको निर्वाचनमा केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार गठन गर्ने लक्ष्यका साथ अघि बढ्न उनले प्रतिनिधिहरूलाई आग्रह गरे ।
महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदनमा आएका सुझावको जवाफ दिँदै जबजलाई अझ विकसित र समुन्नत बनाउँदै पार्टी अगाडि बढ्ने बताए । उनले ‘मिसन २०८४’ मा पार्टीलाई एकल बहुमत दिलाएर निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । यसैबीच, महाधिवेशनले डा. विजय सुब्बाको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग पनि सर्वसम्मतले निर्वाचित गरेको छ । आयोगको उपाध्यक्षमा सानुराज पोखरेल र सचिवमा कुन्साङ लामा छन् । महाधिवेशनले समसामयिक प्रस्ताव मस्यौदा समितिको तर्फबाट पार्टीका सचिव योगेश भट्टराईले प्रस्तुत गर्नुभएको विभिन्न राष्ट्रियरअन्तर्राष्टिय महत्वका समसामयिक २९ बँुदे प्रस्ताव पारित गरेको छ, पारित प्रस्तावहरू यसप्रकार छन्ः
निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्यको मूल नारासहित सम्पन्न नेकपा ( एमाले ) दोस्रो विधान महाधिवेशन ( २०–२२ भदौ २०८२ गोदावरी, ललितपुर०ले राष्ट्रियता, राजनीतिक स्थायित्व, सुशासन र विकास, आर्थिक, वातावरण एवं जनसरोकारका विभिन्न विषयमा समसामयिक प्रस्तावहरु माथि गम्भीर छलफल गरी पारित गरेको छ ।