काठमाडौँ । आज भाद्र शुक्ल पूर्णिमा दिन अर्थात् भाद्र २२ गते आइतवार ‘खग्रास चन्द्रग्रहण’ लाग्ने भएको छ । यो खग्रास चन्द्रग्रहण नेपाल, भारत, चीन, थाइल्याण्ड लगायत एशियाका सबै देश, उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अफ्रिका, अस्ट्रेलिया सबै ठाउँमा आंशिक वा पूर्ण रूपमा देख्न सकिनेछ ।
नेपाली समय अनुसार रातिको १० बजेर ११ मिनेटमा स्पर्श हुने, ११ बजेर ५६ मिनेटमा मध्य हुने र मध्यरात १ बजेर ४१ मिनेटमा मोक्ष ९अन्त्य० हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ३० मिनेटको रहनेछ । यो खग्रास चन्द्रग्रहण आग्निकोण ९दक्षिण पूर्व० तर्फबाट स्पर्श भई नैऋत्य ९पश्चिम दक्षिण० दिशामा मोक्ष हुनेछ ।आगामी २०८२ साल अर्थात भदौ २२ र २३ गते लाग्ने खग्रास चन्द्रग्रहण नेपालबाट प्रत्यक्ष अवलोकन गर्न सकिने खगोलविद्हरूले जानकारी दिनुभएको छ ।
नेपालसँगै यो ग्रहण युरोप, अफ्रिका, एसिया र अष्ट्रेलियाबाट देखिने भए पनि उत्तर र दक्षिण अमेरिकाबाट भने देखिने छैन । खग्रास अवस्थामा चन्द्रमा रातो देखिने भएकाले यसलाई ‘रक्तिम चन्द्र’ पनि भनिन्छ । बी।पी। कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुर, काठमाडौंका कार्यकारी निर्देशक डा। सनतकुमार शर्माका अनुसार ग्रहणको समयसूची
( नेपाली समय अनुसार )
विरल छायाँले ढाक्न सुरु गर्ने –२२ गते राति ९ः१३ बजे
खग्रास सुरु ( सघन छायाँले ढाक्ने ) २२ गते राति ११ः१५ बजे
ग्रहणको मध्य –२२ गते राति ११ः५६ बजे
खग्रास समाप्त ( सघन छायाँले हट्ने ) – २३ गते बिहान १२ः३७ बजे
विरल छायाँ हट्ने – २३ गते बिहान २ः४० बजे
जम्मा अवधिः ५ घण्टा २७ मिनेट