काठमाडौँ । भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवईले ‘भारत–नेपाल न्यायिक संवाद’ मा सहभागी हुँदै नेपाली न्यायिक तथा कानुनी समुदायलाई सम्बोधन गरेका छन् । उनले अहिलेको विधिशास्त्र र न्यायिक क्षेत्र सुधारमा केन्द्रित रहँदै न्यायपालिकाको विकासशील भूमिकाबारे आफ्नो धारणा राखेका हुन्।
नेपालका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा गवई भदौ १९ देखि २२ गतेसम्म नेपालको औपचारिक भ्रमणमा छन्। यो भ्रमणकै क्रममा दुवै देशका सर्वोच्च अदालतबिच स्थापित संयुक्त कार्यदलको पहिलो बैठक बस्ने कार्यक्रम समेत रहेको छ।