काठमाडौं। नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताएका छन् । आज ९शनिबार० विराटनगर एयरपोर्टमा पत्रकारहरुसँगको कुराकानीमा देउवाले यस्तो बताएका हुन् ।
यद्धपी संविधानमा पूर्वराष्ट्रपति भैसकेको व्यक्तिलाई राजनीतिमा आउन हुने वा नहुने भनेर केही पनि नबोलेको उल्लेख गरे । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कन हुने वा नहुने भनेर बहस चलिरहेको बेलामा देउवाको यस्तो प्रतिक्रिया आएको हो ।
हिजोबाट एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको छ । यो भोलि भदौ २२ गतेसम्म चल्नेछ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीको पार्टी सदस्यता नै खारेज गरेका छन् । तर, भण्डारीले भने विधान महाधिवेशनमा भेला भएका प्रतिनिधिहरुलाई सम्बोधन गरेर आफ्नो सदस्यताबारे पार्टी निर्णयमा पूनर्विचारको लागि याचना गरेकी छिन् ।