काठमाडौं । संसदीय सुनुवाइ समिति ९संयुक्त०को सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा निर्विरोध चयन भएका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रवार बसेको बैठमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो ।
बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रश्तावलाई नेकपा ९एमाले०का सांसद महेश बर्तौलाले समर्थन जनाए । खतिवडा यसअघि राज्य व्यवस्था समितिको सभापति थिए । संघीय निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीका सम्बन्धमा छानबिन गर्न गठित समितिले उनलाई नैतिक र राजनीतिक जिम्मेवार ठहर गरेपछि राजीनामा दिएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाएकोप्रति आपत्ति जनाएको छ । रास्वपाले सभामखु देवराज घिमिरेलाई ध्यानाकर्षण पत्र लेख्दै उच्च जिम्मेवारीको पदमा नियुक्ति प्रक्रियामा नैतिक मापदण्डको पालन गर्नुपर्ने उल्लेख गरेको हो । खतिवडा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदमा रहँदा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा दोषी देखिएका थिए ।