काठमाडौं । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषय आजबाट सुरु भएको दोस्रो विधान महाधिवेशनमा छलफल नहुने अडान लिएका छन् ।
विधान महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । यो महाधिवेशनमा विधानकेन्द्रित विषयमा मात्रै छलफल हुने उनको भनाई छ ।उनले विद्या भण्डारीको पार्टी सदस्यताको विषय पार्टीका अरू कमिटीमा छलफल हुने विषय भएकोले अहिले विधानसँग सम्बन्धित विषयमा केन्द्रित भएर छलफल हुने स्पष्ट पारे ।
उनले भने,‘ती विषय विधान महाधिवेशनसँग सबन्धित होइनन्। ती प्रश्नहरू कमिटीगत छलफलका विषय हुन्। सचिवालय, स्थायी कमिटी पोलिटब्युरो वा केन्द्रीय कमिटीले छलफल गर्दै जानेछ, विधान महाधिवेशन विषय केन्द्रीत भएर अगाडि बढ्नेछ।’