काठमाण्डौं । वात्सल्य एभेरेस्ट महिला भलिबल लिग ९ईडब्लुभीएल० को दोस्रो संस्करण आजदेखि पोखरामा सुरु हुँदैछ। लिगको उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविस र पोखरा निन्जाज भिड्दैछन्। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ।
आजै हुने दोस्रो खेलमा साविक उपविजेता ललितपुर क्विन्स र मधेश यूनाइटेड खेल्नेछन्। सो खेल अपरान्ह ४ बजेपछि सुरु हुनेछ। इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा हुने एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।
सिंगल राउण्ड रोविनमा हुने लिगमा धेरै अंक बनाएर शिर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन्। उपाधि भिडन्त भदौ २८ गते हुनेछ।