काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
जनचाहना र आफ्नै प्रतिवद्धता अनुरुप काम गर्न नसकेपछि आलोचित बनेको सरकारले अदालतको आदेशको बहानामा समाजिक सञ्जाल बन्द गरेको उनको टिप्पणी छ ।
फेसबुकमा स्टाटस लेख्दै कोइरालाले भनेका छन्, ‘यस निर्णयका कारण कति नेपालीको रोजिरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज लगाउन सक्छ ? यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न म आग्रह गर्न चाहन्छु ।’ गरेको थियो ।