काठमाण्डौं । पाकिस्तानको सीमा नजिकै पूर्वी अफगानिस्तानमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ। यसमा २० जनाभन्दा बढीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले बीबीसीलाई यसको पुष्टि गरेका छन्। अधिकारीहरूका अनुसार ११५ भन्दा बढी घाइतेहरूलाई नान्गारहार र कुनार प्रान्तका अस्पतालहरूमा भर्ना गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो भूकम्प आइतबार स्थानीय समय अनुसार राति ११स्४७ बजे आएको थियो। यसको गहिराइ ८ किलोमिटर थियो। यसपछि, कम्तिमा तीन पटक फेरि भूकम्प गए, जसको तीव्रता ४.५ देखि ५.२ सम्म थियो। समाचार एजेन्सी एएफपीका अनुसार अफगानिस्तानको राजधानी काबुल ९लगभग २०० किलोमिटर टाढा० र पाकिस्तानको राजधानी इस्लामाबाद ९लगभग ४०० किलोमिटर टाढा० मा केही सेकेन्डका लागि भूकम्पको धक्का महसुस गरिएको थियो।
भूकम्पबाट प्रभावित प्रान्तहरू दुर्गम र कठिन पहाडी भूभागमा रहेकाले र त्यहाँका घरहरू सामान्यतया भूकम्प प्रतिरोधी नभएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्छ। तालिबान सरकारी अधिकारीहरूले दुर्गम र पहाडी क्षेत्रहरूमा उद्धार कार्यमा सहयोग गर्न राहत संस्थाहरूलाई अपील गरेका छन्।
कुनार प्रान्तका प्रहरी प्रमुखले भूकम्पका कारण आएको बाढी र पहिरोका कारण उक्त क्षेत्रका सडकहरू बन्द भएको बीबीसीलाई बताए। उनले उद्धार कार्य हवाई मार्गबाट मात्र गर्न सकिने बताए। तालिबान अधिकारीहरूले आफूहरूसँग सीमित स्रोतसाधन रहेको र प्रभावित क्षेत्रहरूमा हेलिकप्टर उपलब्ध गराउन र पुग्न अन्तर्राष्ट्रिय संस्थाहरूबाट सहयोग खोजिरहेको बताएका छन्। बीबीसी