काठमाडौं । कवाड व्यवसायीहरु आज दोस्रो दिनपनि आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरले ज्यादती गरेको भन्दै उनीहरु वारपारको लडाईंमा उत्रिएको बताईन्छ । हिजोबाट सुरु भएको आन्दोलन अब नरोकिने कवाड व्यवसायी समाज नेपालका अध्यक्ष राम केवल गुप्ताले चेतावनी दिएका छन् ।
उनीहरु संधिवानले दिएको पेशा तथा व्यवसाय गर्न पाउने हकअधिकारको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन् । कवाड व्यवसायी, संकलक र मजदुरहरुमाथि भइरहेका कुटपिट, अपहरण, ज्यादत र भौतिक संरचना भत्काउने कार्यहरुका तत्काल रोक्नुपर्नेपनि माग गरेका छन् ।
उनीहरुले आफूहरुमाथि ज्यादती गर्ने काठमाडौं महानगरका प्रहरीहरुलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेका छन् । आन्दोलनमा उत्रिएकाहरुले काठमाडौं महानगरका प्रमुख बालेन शाहविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले अदालतको आदेश पालना गर्न बालेनलाई सम्झाएका छन् ।