काठमाडौं । रााष्ट्रिय खेलकुद परिषद् ( राखेप ) को ६२ औँ वार्षिकोत्सवमा पाँच खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरिने भएको छ। त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भदौ १३ गते खेलकर्मीलाई सम्मान गरिने छ।
सिनियर÷जुनियरमा समान १–१ पुरुष÷महिला गरी चार खेलाडी र एक पारा खेलाडीलाई नगदसहित सम्मान गरिने छ। सिनियरलाई समान एक÷एक लाख तथा जुनियर र पारा विधामा समान ५०–५० हजार रुपियाँसहित सम्मान गरिने छ।
खेलकुद पत्रकार पुरस्कार विधामा समान एकरएक पुरुषरमहिला समान २०–२० हजार रुपियाँसहित सम्मानित हुने छन्। प्रशासन र प्राविधिक ९दुई करारसहित० तर्फ समान चाररचार गरी आठ कर्मचारीलाई नगदसहित सम्मान गरिने छ ।
सर्वोत्कृष्ट दुई जनालाई समान २५–२५ हजार, उत्कृष्ट दुई जनालाई समान १५–१५ हजार तथा परिषद् सेवा पुरस्कार र करार सेवातर्फ समान दुईरदुई जनालाई समान १०–१० हजार नगदसहित सम्मान गरिने छ। उत्कृष्ट खेल सङ्घलाई एक लाख रुपियाँसहित सम्मान गरिने छ। उत्कृष्ट स्थानीय तह र उत्कृष्ट प्रायोजकलाई प्रशंसापत्रबाट सम्मान गरिने छ।