काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमिसम्बन्धी विधेयक पारित भएको छ । तर, विधेयक सर्वसम्मत् रुपमा पारित हुन सकेन । समितिमा रहेका माओवादी र रास्वपाको असहमतिको बावजुद पनि विधेयक बहुमतले पारित गरेको छ ।
भूमिसम्बन्धी विधेयक लामो समयदेखि होल्ड भएको भनेर प्रधाननमन्त्री केपी शर्मा ओली असन्तुष्ट थिए । उनले यो विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए ।