काठमाडौं । लिपुलेक पासका विषयमा भारत र चीनले सम्झौता गरेको भन्दै अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।
क्रान्तिकारीले नेपाली भूमि लिपुलेकमाथि भारत र चीनले हस्तक्षेप गरेको भन्दै बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।
लिपुलेक पास हुँदै भारत र चीनले द्विपक्षीय व्यापार गर्ने सहमति गरेपछि यसको विरोध भएको हो ।