काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु छलफलमा जुटेका छन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तय भएको छ । त्यसअघि उनीहरु छुट्टै छलफलमा जुटेका हुन् । कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनको लागि हस्ताक्षर सुरु गरेपछि रास्वपाका सांसदहरु छलफलमा जुटेका हुन् ।
रास्वपा विगत लामो समयदेखि संसद्मा आन्दोलित छ । भिजिट भिसा प्रकरणमा न्यायिक वा संसदीय छानबिन समितिको माग गरेर रास्वपा आन्दोलनमा छ । आजपनि सदनमा कसले बोल्ने भन्ने र के बोल्ने भन्ने विषय तय गर्न छलफलमा जुट्न लागेको बताईएको छ ।
रास्वपाले उपसभामुख रानालाई हटाउनको लागि कांग्रेस र एमालेले चालेको कदमको विरोध गर्ने भएको छ । आवश्यक पर्यो भने सडक संघर्षमा जाने रास्वपाको चेतावनी छ ।