अस्ट्रेलिया । अस्ट्रेलियामा जारी टप इन्ड टी(२० सिरिजमा पहिलो जितबाट हौसिएको नेपाल आज ९बुधबार० मेलबर्न रेनेगड्स एकाडेमीसँग भिड्दै छ। आफ्नो चौथो खेलमा मंगलबार होबार्ट हरिकेन्सलाई हराएर पहिलो जितको स्वाद चाखेको नेपाल आज पाँचौँ खेलमा मेलबर्न रेनेगड्ससँग प्रतिस्पर्धा गर्ने भएको हो।
खेल नेपाली समयअनुसार अहिले बिहान ११स्१५ बजे सुरु हुनेछ। नेपालले यसअघि खेलेका चार खेलमध्ये सुरुका ३ वटामा लगातार हार भोगेको थियो। मंगलबार भएको चौथो खेलमा भने नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराउँदै पहिलो जित दर्ता गरेको हो। नेपाल पहिलो खेलमा अस्ट्रेलियाको स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा टोली बंगलादेश एसँग ३२ रनले र मेलबर्न स्टार्स एकाडेमीसँग ३१ रनले हारेको थियो। चार खेलबाट २ अंक बनाएको नेपाल अंक तालिकामा पुछारबाट तेस्रो स्थानमा छ। जारी सिरिजमा नेपालले अन्तिम खेल अगस्ट २२ तारिखमा पाकिस्तान शाहिन्सविरुद्ध खेल्नेछ।
सिरिजमा ११ टोली सहभागी छन्। सिरिजमा सहभागी अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ुएु, बंगलादेश ुएु र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन्। अन्यमा अस्ट्रेलियाका बिगबास लिग ९बीबीएल० को होबार्ट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार तथा मेलबर्न रेनेगड्सका एकेडेमीलगायत छन्। नेपालले यो खेल आगामी अक्टोबरमा हुने आईसीसी टी(२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरूप खेलिरहेको हो।