काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संवैधानिक परिषदमा सत्तापक्षको बहुमत पुर्याउनकै लागि कांग्रेस एमालेले उपसभामुखलाई हटाउन खोजेको आरोप लगाएका छन्।
कांग्रेस एमालेले उपसभामुख रानाले पद अनुसारको आचरण नगरेको भन्दै हटाउनको लागि सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहेको बेलामा यस्तो बताएका हुन्।
उनले भनेका छन्, ‘संवैधानिक परिषदमा सत्तापक्षको बहुमत पुर्याउनकै लागि उपसभामुख इन्दिरा रानामाथि महाभियोग प्रस्ताव ल्याउने सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग हो।’