काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । दुई दिने भ्रमणको लागि आज (आइतबार) काठमाडौं ओर्लिएक भारतीय विदेशसचिव मिश्रीले आज मन्त्री राणासँग भेट गरेका हुन् ।
सो क्रममा आफूहरुले नेपाल–भारत सम्बन्ध विविध आयामको विषयमा छलफल गरेको मन्त्री राणाको भनाई छ । दुई देशबीचको कनेक्टिभिटिी, व्यापार र विकास साझेदारी बलियो बनाउने विषयमा पनि कुराकानी भएको मन्त्री राणाको भनाई छ ।
सो क्रममा उनले भारतको छिमेक पहिलो नीतिको प्रशंसा गरेकी छिन् ।