काठमाण्डौं । सशस्त्र प्रहरी बल नेपाल किमाथांका स्थित सीमा सुरक्षा पोष्ट ९बिओपी० र चिनियाँ प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथांका नाकामा रहेका नेपाल(चीन सीमाका स्तम्भ निरीक्षण गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुर अन्तर्गतको किमाथांका बिओपी र चिनियाँ प्रहरीको संयुक्त टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका(१ किमाथांका चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमाना पर्ने नेपाल(चीन सीमानाका पाँच स्तम्भको निरीक्षण गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर(४ अरुण गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलका अनुसार उक्त टोलीले ६६, ६७, ६८र २, ६९ र १ र ६९ र २ नम्बरका स्तम्भ ( जङ्गेपिल्लर) निरीक्षण गर्नुका साथै सीमाको अवस्थालगायतबारे जानकारी लिएको थियो।
टोलीमा किमाथांकाका इन्चार्ज नविन खतिवडाको नेतृत्वमा सात जना, नेपाल प्रहरीका चार जना र चीनका तर्फबाट आठ जनाको सहभागिता थियो। टोलीले सीमा स्तम्भ निरीक्षणका साथै सरसफाइ पनि गरेको थियो। नेपाल– चीनको सीमाअन्तर्गत सङ्खुवासभामा २१ वटा स्तम्भ छन्। भोटखोला(१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा गत जेठमा आएको बाढीले यहाँस्थित ७१र१ नम्बरको स्तम्भ बगाएको थियो। भोटखोला गाउँपालिका वडा नं १, २ र ३ को भूभाग चीनसँग जोडिएको छ। यस क्षेत्रमा करिब पाँच हजारको बसोबास छ। किमाथांका नाकामा २०७६ सालमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट स्थापना भएको हो। रासस